मनसुनी प्रभाव १७० को मृत्यु

Published on

काठमाडौं । यस वर्षको मनसुनको दुई महिनामा जनधनको क्षति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको तुलनात्मक विश्लेषण अनुसार दुई महिनामा गत वर्षभन्दा यस वर्ष दोब्बर जनधनको क्षति भएको छ । मनसुनजन्य विपत्का घटना पनि गत वर्षभन्दा बढी भएका छन् । मनसुन भित्रिएयताको ६० दिनमा मनसुनजन्य विपत्बाट १७० जना मानिसको मृत्यु भएको छ । अझै ४४ जना बेपत्ता छन् भने अन्य १९५ जना घाइते भएका छन् । मृत्यु र बेपत्ताको सङ्ख्यामा चितवनको सिमलतालमा भेलपहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस हराउँदा सबैभन्दा बढी क्षति भएको छ । जसमा ६२ जना यात्रुमध्ये २४ जनाको शव फेला परेको छ भने ३८ जना बेपत्ता छन् । विपत्बाट झन्डै तीन हजार परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले औँल्याएको छ ।

यस अवधिमा बाढीपहिरोसहित ८४८ वटा विपत्का घटना घटेका छन् । गत वर्ष मनसुनको दुई महिनामा ५३० वटा विपत्का घटनामा ७२ जनाको मृत्यु भएको थियो । ती घटनामा २८ जना बेपत्ता हुनुका साथै एक सय जना घाइते भएका थिए । प्रभावित परिवारको सङ्ख्या भने यो वर्षभन्दा गत वर्ष बढी देखिएको छ । जस अनुसार पाँच हजार ७८१ परिवार प्रभावित बनेको प्राधिकरणका दीपक सापकोटाले जानकारी दिनुभयो । गत वर्षसँग तुलना गर्दा दुई महिनाको अवधिको जनधनको क्षति उच्च भए पनि वर्षाको घनत्व र प्राधिकरणले गरेको आकलनको तुलनामा भने क्षति कम भएको दाबी प्राधिकरणले गरेको छ । प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले भन्नुभयो, “गत वर्ष सरदरभन्दा कम पानी प¥यो, त्यसैले यो वर्षभन्दा कम क्षति देखियो तर यो मनसुनको दुई महिनामा गत वर्षको तुलनामा वर्षाको घनत्व ज्यादा भएकाले बढी क्षति भएको हो ।”

मनसुनबाट हुन सक्ने उच्च क्षति रोक्न सरकार र विपत्मा काम गर्ने निकायको पूर्वतयारी राम्रो भएकाले हालसम्मको क्षतिलाई कम मान्नुपर्ने भट्टराईले बताउनुभयो । गत वर्ष यस अवधिमा ५४१ मिलिमिटर वर्षा भएको थियो । यस वर्ष ६२४ मिलिमिटर वर्षा भइसकेको छ । जसको परिणामस्वरूप सिमलतालमा बस बगाउने घटना भएको थियो । जाजरकोटका भूकम्पपीडितको बस्ती सारिनु, जिल्लास्थित विपत् व्यवस्थापनलाई सक्रिय बनाइएकाले पनि पहिरोजन्य क्षति धेरै कम भएको दाबी उहाँले गर्नुभयो । मनसुनको दुई महिनाको अवधिमा सबैभन्दा बढी पहिरोबाट १०९ जनाको मृत्यु भएको छ । त्यसपछि बाढीबाट ३६ जनाको र चट्याङबाट २४ जना र भारी वर्षाले एक जनाको मृत्यु भएको छ । मनसुनजन्य विपत्बाहेक दुई महिनाको अवधिमा आगलागी, हावाहुरी, जनावरको आक्रमण, वन डढेलो, लेक लागेर र सर्पदंशबाट थप १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...