अस्करले चलचित्र निर्माण गर्ने

Published on

काठमाडौं । चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले कलेजबाट दीक्षित विद्यार्थीको सहभागितामा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठुलो चिन्ता हुन्छ । त्यसैले कलेजले विद्यार्थीलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोतसाधन उपलब्ध गराउने छ ।” कलेजका संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रूपमा स्थापित भइसकेको छ ।”

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...