यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्याई नवीकरण गर्ने गराउने प्रयोजनका लागि सेवाग्राहीबाट २० हजार रुपियाँ घुस लिएको आरोपमा कम्प्युटर अधिकृत रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरे सेवाग्राहीको सवारी चाल अनुमतिपत्रको विवरण इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स दर्ता प्रणालीमा सच्याई विवरण अद्यावधिक गरी घुस लिइएको अनुसन्धानबाट पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्प्युटर अधिकृत रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफला ३ अन्तर्गतको कसुरजन्य कार्य भएको पुष्टि भएको छ । रेग्मीलाई २० हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय क बमोजिम कैद सजाय मागदाबी दिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जानकारी प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...