कुटाइबाट श्रीमतीको मृत्यु

Published on

काठमाडौं । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० वर्षीया ईश्वरी कुमालको मृत्यु भएको हो । कुटपिटबाट मृत्यु भएका ईश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्यामकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँका तीन छोरी एक छोरा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...