अमेरिकाद्वारा सुडानका सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह

Published on

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ । सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फताह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबिच युद्ध चलिरहेको छ । बुरहान वार्ताको सुरुआतमा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीधै टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहोर्‍याउनुभएको थियो । ब्लिन्केनले दुवै पक्षले युद्ध अन्त्य गर्न र पीडित लाखौं सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न ‘तत्काल आवश्यकता’ रहेको बताउनुभएको अमेरिकी प्रवक्ता पटेलले बताउनुभयो । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले उद्घाटन सत्रपछि भन्नुभयो, “अब बन्दुक बन्द गर्ने उपयुक्त समय आएको छ ।” १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्याण्डको अज्ञात स्थानमा बन्द कोठामा भइरहेको छ । आरएसएफको प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सशस्त्र बल (एसएएफ) वासिङ्टनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ । सुडानी सञ्चारमन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिङ्टनले संयुक्त अरब इमिरेट्स (युएई) लाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सरकारले कुनै पनि नयाँ पर्यवेक्षक वा सहभागीलाई अस्वीकार गर्ने बताएका थिए । सुडानी सेनाले संयुक्त अरब इमिरेट्स (युएई) ले आरएसएफलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

मानवीय पहुँच
अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राष्ट्रसङ्घले संयुक्त अरब इमिरेट्स (युएइ) को नेतृत्वमा साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा वार्ताको आयोजना गरेका हुन् । पेरिएलोले भन्नुभयो, “हाम्रो ध्यान शत्रुताको अन्त्य हासिल गर्न, मानवीय पहुँच बढाउन र ठोस परिणाम प्रदान गर्ने प्रवर्तन संयन्त्रहरू स्थापना गर्न अगाडि बढ्नु हो । यस क्रूर द्वन्द्वले संसारकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...