एमपोक्सका विषयमा विज्ञसहितको बैठक गर्दै डब्ल्यूएचओ

Published on

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको छ । प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला भएको छ । एमपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।

साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ ।

यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् । रासस\एएफपी

ताजा समाचार

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौँ । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य...

भारतीय अन्तरिक्ष मिसन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा...

एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई...