बिहीबार बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्वगर्ने

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्व घोषणाअनुसार बिहीबारदेखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्नुहुने भएको छ । उहाँहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो । बाइडेनले बुधबारको घोषणामा औषधीको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदमहरू चाल्ने बताउनुभएको छ । उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसैबिच रिपब्लिकनका उम्मेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गर्नुभएको छ ।

अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महङ्गी वृद्धिलगायतका अलोकप्रिय मुद्दाहरूबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख गरेको छ । अर्कोतर्फ, फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन् । यद्यपि जनविश्वास दर ह्यारिसको पक्षमा ४२ प्रतिशत र ट्रम्पको पक्षमा ४१ रहेको छ । उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मुल्यवृद्धि नियन्त्रणलाई आत्मसाथ गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ । ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताउनुभएको छ । बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिति संयमता पूर्वक अगाडी बढ्ने समय भएको बताउनुभएको छ । रासस\एएफपी

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...