थाइल्याण्डमा फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्न छलफलमा

Published on

काठमाडौं । थाइल्याण्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । थाइल्याण्डको संवेधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि नयाँ उम्मेदवारी चयनको पहल थालिएको हो । थाइल्याण्डको संवैधानिक अदालतले ६२ वर्षीया स्रेथाले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेर पदीय दायित्वको उल्लङ्घन गरेको ठहर बिहीबार गरेको हो । थाक्सिनसँग सम्बन्धित पूर्व वकिल पिचित चुएनबानको नियुक्तिका कारण श्रेतालाई बर्खास्त गरिएको थियो । सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएका पिचितले श्रेतालाई बचाउन मुद्दा दायर भएपछि मन्त्रिपरिषबाट राजीनामा दिनुभएको थियो ।

नयाँ प्रधानमन्त्रीको चयनका लागि शुक्रबार बिहान १० बजे संसदको बैठक बस्नेछ ।

कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका थाक्सिनको चुनावी बाहन स्रेथाको फेउ थाई पार्टी थाइल्याण्डमा हाल सत्तामा रहेको ११ पार्टीहरूको शासकीय गठबन्धनको सबैभन्दा ठूलो सदस्य हो । गठबन्धनमा कुनै समय सिनावात्राको कटु प्रतिद्वन्द्वी रहेका राजावादी र सेना समर्थक सङ्गठन पनि समावेश छन् । पार्टीले बिहीबार आफ्ना दुई योग्य उम्मेदवारमध्ये पूर्व न्यायमन्त्री चाइकासेम नितिसिरी वा थाक्सिनकी छोरी पेतोङ्टार्न सिनावात्रालाई स्रेथाको विकल्पका रूपमा चयन गर्नेछ । फेउ थाईका महासचिव सोरावोङ थिएन्थोङले गठबन्धनका साझेदारहरूसँग आफ्नो छनौटबारे छलफल गर्ने पत्रकारहरूलाई बताउनुभयो । संवैधानिक अदालतबाट पदमुक्त हुने श्रेता पार्टीको तेस्रो प्रधानमन्त्री हुनुहुन्छ र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय सेना र राजावादी समर्थक संस्थापनद्वारा उनीहरूको बेटे नोयर थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध लामो समयसम्म चलेको युद्धले बढावा पाएको छ । १५ वर्ष स्वनिर्वासनमा बिताएर गत अगस्टमा थाइल्याण्ड फर्केका पूर्वप्रधानमन्त्री स्रेथाले थाक्सिन र उहाँका अनुयायीहरूको कडा विरोध गर्ने सेनासमर्थक पार्टीहरूसँग गठबन्धन गरेर सत्ता सम्हाल्नुभएको थियो । यो समयले लामो समयदेखिको कलहमा युद्धविरामको सङ्केत गरेको फेउ थाइ पार्टी तथा यसका सेनाप्रति बफादार समूहको गठबन्धन नेताहरूको बुझाई छ । दुबै पक्षले गत वर्षको चुनावमा लोकप्रिय मत प्राप्त गरेको नयाँ मुभ फरवार्ड पार्टी (एमएफपी) लाई सरकार गठन गर्नबाट रोकेको थियो । उनीहरूको बुझाइमा एमएफपी थाइ संस्थापन पक्षको लागि उत्पन्न नयाँ खतरा थियो । सन् २०१४ मा भएको ‘कू’ मा निर्वाचित फु थाई सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्टाले नियुक्त गरेका ४० जना पूर्व सिनेटरले श्रेथाविरुद्ध मुद्दा दायर गरेका थिए ।

सिनेटले गत वर्षको चुनावपछि एमएफपीलाई अवरुद्ध गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो । एमएफपीले कानुनमा सुधार गर्ने र शक्तिशाली व्यापारिक एकाधिकार तोड्ने प्रतिबद्धताबाट आत्तिएका सिनेटरहरूले नेता पिता लिम्जारोनेरातलाई प्रधानमन्त्रीमा अनुमोदन गर्न अस्वीकार गरे र पार्टी विपक्षमा जान बाध्य भयो । अदालतले गत हप्ता एमएफपीलाई विघटन गर्दै पिता र यसका मुख्य अधिकारीहरूलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...