रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

Published on

काठमाडौं । पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठुलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्यन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । कुस्र्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराउनुभएको छ ।

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रूसको कुस्र्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेकोे क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताउनुभएको छ । यसैबिच, मस्कोबाट प्राप्त समाचारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्र्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रुपमा वर्णन गर्दै युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाउनुभएको छ । रूसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्र्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रूसले कुस्र्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । साथै मन्त्रालयले युक्रेनले कुस्र्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ । युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रूसको नेसनल गार्डले कुस्र्कको आणविक उर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...