जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य

Published on

काठमाडौं । जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ । करिब १२५ मिलियन मानिसको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ति आउन सक्ने भनी जारी सतर्कताले हजारौँ मानिसलाई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्रेरित गरेको थियो । हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भूकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागू हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो । जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्यभन्दा बढी’ भएको जनाएको थियो ।

त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करिब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ । सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली थियो । उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।

जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो । विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही इन्जिनियरहरूले क्षति १३ ट्रिलियनसम्म पुग्न सक्ने जनाएका थिए । यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ । सुपरमार्केटहरूले बोतलको पानी लगायत खरिदमा सीमितता कायम गरे पछि शौचालय र संरक्षित खानाजस्ता आपतकालीन वस्तुहरूको माग अनलाइनमा बढेकोे छ । भूकम्पको चेतावनीले प्रधानमन्त्री फुमियो किशिदाको गत हप्तामा हुने मध्य एसियाको चारदिने भ्रमण रद्द गर्न बाध्य पारेको थियो । केही बुलेट ट्रेनहरूले सावधानीका रूपमा आफ्नो गति घटाएका थिए भने आणविक संयन्त्रलाई अधिकारीहरूले प्रकोप तयारी जाँच गर्न निर्देशन दिएका थिए । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...