पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

Published on

काठमाडौं । आलीताल खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । बर्खाको समयमा विद्यालय पढ्ने बालबालिकादेखि बिरामी, वृद्धवृद्धाले ज्यानको जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । आलीताल भएर बग्ने रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । पन्तुरा खोलामा पुल नहुँदा परशुराम नगरपालिका–६ र ७ का हजारौँ स्थानीयले ज्यानको बाजी लगाउँदै खोला तर्नुपर्ने बाध्यता छ । अस्पताल, इलाका प्रशासन, मालपोत, नापीलगायतका कार्यालय लालढुङ्गा बजारमै छन् । अति आवश्यक काम परेमा, बालबालिका एवं कोही पनि बिरामी परेमा अस्पताल ल्याउन लैजान पन्तुरा खोलामा ज्यानको बाजी राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पनेरूले बताउनुभयो । उहाँका अनुसार यो वर्ष कुनै अप्रिय घटना नभए पनि पन्तुरा खोलामा पुल नहुँदा बर्सेनि स्थानीयले ज्यान गुमाउनुपर्ने बाध्यता छ । पुल निर्माणका लागि बारम्बार पहल गरिए पनि सुनुवाइ हुन नसकेको गुनासो वडाध्यक्ष खगेन्द्र सिंहको छ ।

पन्तुरा खोलामा पुल निर्माणको माग राख्दै उहाँले नेतालाई बहिष्कारको पोस्ट सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ । आलीताल गाउँपालिका मुकाम गोदाम बजारनजिकै घुम्तीको रङ्गुन खोलामा पुल नहुँदा दैनिक सयौँ विद्यार्थी खोला तर्न बाध्य छन् । वडा नम्बर ३ का रक्सोन, डेडल्न्या, झोता, चौर, बन्डाली, मामुर, चनाल, पोड्यामलगायत दर्जनौँ गाउँका बालबालिका वडा नम्बर ८ को डोला गाउँमा रहेको दुर्गा माविमा पढ्न आउने गर्छन तर रङ्गुन खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष धनबहादुर देउवाले बताउनुभयो । रङ्गुन खोलामा मोटरेबल पुल निर्माणका लागि सर्भे भइसके पनि बजेट नपरेको उहाँले बताउनुभयो । यस्तै आलीताल गाउँपालिका–७ स्थित भालुखोलामा पुल नहुँदा विद्यार्थी ज्यानै जोखिममा राखेर विद्यालय आउनजान बाध्य छन् । परशुराम नगरपालिका–११ र आलीताल–७ का विद्यार्थी खिन्नेभाडीस्थित महादेव माविमा अध्ययन गर्न आउँछन् ।

खोलामा बाढी आउँदा विद्यार्थी विद्यालय आउन वञ्चित हुने गरेको शिक्षक रमेश बोहोराले बताउनुभयो । उहाँका अनुसार खोला तरेर भट्टेनी, उत्तरखेड, जबने गाडा, सिमलबन्ड, कराले, नाराङ्गा, कटौजा र सुवाखानका विद्यार्थी विद्यालय आउने गरेका छन् । पुल निर्माणका लागि पटक पटक पालिका सरकार र नेतालाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको शिक्षक बोहोराको गुनासो छ । पुल नहुँदा विद्यार्थी बर्खाको समय धेरै दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...