रेबिजबाट दुईको मृत्यु

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ सात तलेमा रेबिजबाट दुई जनाको मृत्यु भएको छ । एक साता अवधिमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको रेबिजबाट मृत्यु भएको बागमती गाउँपालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो । गोलेले दिएको जानकारीअनुसार नेगीलाई ६ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । गत वर्ष मकवानपुरमा रेबिजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एक जना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो ।

पशुबाट मान्छेमा सर्ने जुनोटिक रोगबारे बताउँदै प्रायः भुस्याहा कुकुर, स्याल, चितुवा, बँदेल, चमेराबाट रेबिज सर्ने गरेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...