रेबिजबाट दुईको मृत्यु

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ सात तलेमा रेबिजबाट दुई जनाको मृत्यु भएको छ । एक साता अवधिमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको रेबिजबाट मृत्यु भएको बागमती गाउँपालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो । गोलेले दिएको जानकारीअनुसार नेगीलाई ६ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । गत वर्ष मकवानपुरमा रेबिजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एक जना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो ।

पशुबाट मान्छेमा सर्ने जुनोटिक रोगबारे बताउँदै प्रायः भुस्याहा कुकुर, स्याल, चितुवा, बँदेल, चमेराबाट रेबिज सर्ने गरेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...