यु–२० फुटबलको कप्तानमा कुशल

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका कुशललाई कप्तान नियुक्त गर्नुभएको हो । मिडफिल्डर उहाँले यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसक्नुभएको छ । यस्तै उहाँले गतवर्ष भएको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीबाट सिनियर टोलीमा पनि खेल्नुभएको थियो । ललितपुरले उपाधि समेत जितेको थियो । यु–२० साफ च्याम्पियनसिप आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । यसअघि दशरथ रङ्गशालामा गरिने तचय भएको यस प्रतियोगिता दशरथ रङ्गशाला बिग्रिएका कारण एन्फा मैदान सातदोवाटोमा सञ्चालन गरिने तयारी गरिएको छ ।

एन्फाले सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा खेलाउने तयारी गरेको छ । एन्फाका अनुसार दशरथ रङ्गशालामा खेल हुन सक्ने या नसक्ने विषयमा साफका म्याच कमिसनारले निरिक्षण गरेपछि तय गरिनेछ । च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ । च्याम्पियनसिपमा भाग लिन भुटानको युवा टोली शुक्रबार काठमाडौँ आइपुगेको छ । भुटानले सोबार साविक विजेता भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...