यु–२० फुटबलको कप्तानमा कुशल

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका कुशललाई कप्तान नियुक्त गर्नुभएको हो । मिडफिल्डर उहाँले यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसक्नुभएको छ । यस्तै उहाँले गतवर्ष भएको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीबाट सिनियर टोलीमा पनि खेल्नुभएको थियो । ललितपुरले उपाधि समेत जितेको थियो । यु–२० साफ च्याम्पियनसिप आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । यसअघि दशरथ रङ्गशालामा गरिने तचय भएको यस प्रतियोगिता दशरथ रङ्गशाला बिग्रिएका कारण एन्फा मैदान सातदोवाटोमा सञ्चालन गरिने तयारी गरिएको छ ।

एन्फाले सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा खेलाउने तयारी गरेको छ । एन्फाका अनुसार दशरथ रङ्गशालामा खेल हुन सक्ने या नसक्ने विषयमा साफका म्याच कमिसनारले निरिक्षण गरेपछि तय गरिनेछ । च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ । च्याम्पियनसिपमा भाग लिन भुटानको युवा टोली शुक्रबार काठमाडौँ आइपुगेको छ । भुटानले सोबार साविक विजेता भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...