गाजाबाट अस्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’ : उपप्रधानमन्त्री

Published on

काठमाडौं । अस्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धका लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रवासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताएउनुभएको हो ।

डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार गर्न सरकारलाई आह्वान गर्नुभएको थियो । उहाँको टिप्पणीलाई लेबर पार्टी, ग्रिन र इस्लामिक समूहहरूले भेदभावपूर्ण र जातिवादीको रूपमा निन्दा गरेका छन् । उहाँले संसदमा भएको एक घटनाको प्रसङ्गलाई जोड्दै घटनाले विपक्षी नेताको अपमान भएको मार्लेसले अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन ९एबीसी० रेडियोसँगको कुराकानीमा भन्नुभएको हो ।

यसअघि नै बर्गेसले अस्ट्रेलियामा प्यालेस्टिनीलाई प्रवेश गर्नबाट रोक्न आवश्यक नभएको उल्लेख गर्नुभएको थियो । गृह मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले गत अक्टोबरको आक्रमणपछि प्यालेस्टिनीलाई दुई हजार ९२२ भिसा प्रदान गरेको सात हजार १११ आवेदन अस्वीकार गरेको जनाएको छ । सोही अवधिमा आठ हजार ७४६ इजरायली नागरिकलाई भिसा प्रदान गरिएको तथा २३५ आवेदन अस्वीकार गरेको देखाइएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...