गाजाबाट अस्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’ : उपप्रधानमन्त्री

Published on

काठमाडौं । अस्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धका लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रवासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताएउनुभएको हो ।

डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार गर्न सरकारलाई आह्वान गर्नुभएको थियो । उहाँको टिप्पणीलाई लेबर पार्टी, ग्रिन र इस्लामिक समूहहरूले भेदभावपूर्ण र जातिवादीको रूपमा निन्दा गरेका छन् । उहाँले संसदमा भएको एक घटनाको प्रसङ्गलाई जोड्दै घटनाले विपक्षी नेताको अपमान भएको मार्लेसले अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन ९एबीसी० रेडियोसँगको कुराकानीमा भन्नुभएको हो ।

यसअघि नै बर्गेसले अस्ट्रेलियामा प्यालेस्टिनीलाई प्रवेश गर्नबाट रोक्न आवश्यक नभएको उल्लेख गर्नुभएको थियो । गृह मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले गत अक्टोबरको आक्रमणपछि प्यालेस्टिनीलाई दुई हजार ९२२ भिसा प्रदान गरेको सात हजार १११ आवेदन अस्वीकार गरेको जनाएको छ । सोही अवधिमा आठ हजार ७४६ इजरायली नागरिकलाई भिसा प्रदान गरिएको तथा २३५ आवेदन अस्वीकार गरेको देखाइएको छ । रासस\सिन्ह्वा

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...