महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

Published on

काठमाडौं । सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ ।

साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...