परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेट

Published on

काठमाडौं । परराष्ट्र मन्त्री डा।आरजु राणा र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप(विदेशमन्त्री रिचार्ड आर।वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न परराष्ट्र मन्त्री राणा र अमेरिकी उप(विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उप(विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आउनुभएको हो । भेटमा परराष्ट्र मन्त्री राणा र उपविदेश मन्त्री वर्माबिच नेपाल(अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । यस्तै, नेपाल भ्रमणको क्रममा उप(विदेशमन्त्री रिचार्डले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...