अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

Published on

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका–५ रुपाखानीबाट कालिगण्डकीको मिर्मीतर्फ लैजानेक्रममा सालको काठ र लु ४ त ६५६५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सालको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यु फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठसहित ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय गल्याङमा बुझाइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...