अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

Published on

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका–५ रुपाखानीबाट कालिगण्डकीको मिर्मीतर्फ लैजानेक्रममा सालको काठ र लु ४ त ६५६५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सालको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यु फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठसहित ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय गल्याङमा बुझाइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...