गृहमन्त्रीको निर्देशनपछि गठ्ठाघर दुर्घटनामा बन्यो छानबिन समिति

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्देशनपछि नभक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति बनेको छ । शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि कोइराला सदस्य रहेका छन् । दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिनुभएको थियो । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिनुभएको हो । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै  ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो । ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको थियो ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...