जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको बनाउन राष्ट्रपतिको पहल

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबिच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने चासो देखाएको छ । भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शैय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हजार शैय्याकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले उक्त चरणको अस्पताल निर्माण भइसकेपछि हजार शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले सो प्रतिवद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैय्याको डीपीआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शैयाको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आउनुभएको बताइएको छ । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो । सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...