सरकारका कामबारे प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबिच छलफल

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ।

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटको फोटो सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराउनुभएको हो। भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...