गट्ठाघर दुर्घटना छानबिन समिति गठन

Published on

काठमाडौं । भक्तपुरको गट्ठाघर चोकमा भएको सडक दुर्घटनासम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा भक्तपुर प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्की, नागरिक समाजका तुलसीहरि कोइराला, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय राधेराधेका मेकानिकल इन्जिनियर उत्तम बस्नेत सदस्य रहनुभएको छ । समितिमा यातायात व्यवसायीका तर्फबाट पनि प्रतिनिधि रहने छन् । सहायक प्रजिअ निरौलाले शुक्रबार गठित समितिले एक सातामा अध्ययन पूरा गरी सुझावसहित प्रतिवेदन बुझाउने बताउनुभयो । भक्तपुरको गट्ठाघर चोकमा साउन ३१ गते ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर घिसार्दा ओखलढुङ्गा स्थायी घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...