थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

Published on

काठमाडौं । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गर्नुभएको छ । सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो । राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ । अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उहाँको स्थान पेन्टोगटार्नले लिनुभएको हो । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुनुहुन्छ । संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उहाँको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ । रासस\एएनआई

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...