लोकतन्त्र अनुशासित समाज : प्रधानमन्त्री ओली

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताउनुभयो । ‘‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’’, उहाँले भन्नुभयो । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताउनुभयो ।संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिनुभयो ।

उहाँले स्वतन्त्रता भनेको छाडापन नभएको प्रष्ट पार्नुभयो । ‘‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन’’, ओलीले भन्नुभयो । लोकतन्त्र भनेको जनताको शासन भएको बताउँदै ओलीले यो छाडा हुन नसक्ने बताउनुभयो । कसैको सनकका भरमा शासन सञ्चालन नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘‘लोकतन्त्र एउटा अनुशासित समाज हो’’, उहाँले भन्नुभयो । कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोज्ने र जसले योगदान गरेका छन् तिनीहरूलाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणको दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गर्नुभयो ।

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउनुहुँ दै ओलीले भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताउनुभयो । कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै ओलीले भ्रष्टाचारविरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन ।’’ ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो । त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिन भित्रै सक्ने घोषणा गरेर सरकारले काम गरिरहेको ओलीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...