आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्स शीर्षस्थानमा

Published on

काठमाडौं । नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली क्यानडालाई ६३ रनले हराउँदै लिगको शीर्षस्थान कब्जा गरेको हो । जितका लागि नेदरल्यान्ड्सले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रनमा समेटिएको थियो । क्यानाडाका लागि श्रेयस मोब्वाले सर्वाधिक ४७ रन बनाउनुभयो । यस्तै आरोन जोनसन ३२, दिलप्रीत सिंह २० ,डिलोन हेलिगर १४ र साद विन जफरले १२ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका पावल भान मिक्रेनले पाँच विकेट लिनुभयो । भिभियन किङ्माले तीन तथा आर्यन दत्त र शरिज अमहमदले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ७२ रन बनाउनुभयो । यस्तै नोह क्रसले ३१, विक्रमजित सिंहले २५, शरिज अहमदले १९, म्याक्स ओ’ डोउडले १८ र काइल क्लेनले १० रन बनाउनुभयो । बलिङमा क्यानाडाका कलिम सानाले चार तथा हर्ष ठाकर र डेलिन हेलिगरले दुई दुई विकेट लिनुभयो । जितसँगै नेदरल्यान्ड्सले सात खेलबाट १० अङ्क बनाएको छ । स्कटल्यान्ड नौ अङ्कका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको क्यानडाको आठ रहँदा आठ अङ्क छ ।

लिगमा नेपाल दुई अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । विश्वकप लिग–२ अन्तर्गत नेपाल अहिले आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि भारतमा अभ्यास गरिरहेको छ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...