रक्षाबन्धनले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने : उपाध्यक्ष घिमिरे

Published on

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार हिन्दुधर्मालम्बीहरुको महत्त्वपूर्ण चाडपर्व रक्षाबन्धन अर्थात् जनैपूर्णिमा र नेवारी समुदायमा मनाइने गाईजात्रा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

रक्षाबन्धन श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु (तागाधारी)हरुले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने चलन छ । नेवाः संस्कृतिमा गुन्पुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीले एकापसमा राखीबाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उहाँले बताउनुभयो । ‘‘रक्षा बन्धनलाई हिन्दु शास्त्रमा असुर र देबगण बिच भएको युद्धमा देबगणको विजयसँग जोडिएको छ । यो पर्वले हाम्रो समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य र असल पात्र र संस्कारको विजयसँगै सत्य र निष्ठाको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।’’ उपाध्यक्ष घिमिरे भन्नुभयो ।

यसैगरी, गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनुु भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा ब्यङगात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुसार गाइजात्राको प्रचलन चलेको जनविश्वास रही आएको छ ।

विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डो¥याउन प्रेरित गर्दै आएको छ ।

‘‘नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वहरुले सामाजिक, सांस्कृतिक र जातिय एकतालाई कायम राख्दै आपसी सद्भावलाई प्रगाढ बढाउने विश्वास लिएको छु ।,’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘‘पर्वहरुले आपसी सद्भावलाई बढाउन तथा मुलुकका समस्याहरुसँग जुधेर सम्मुनत देश बनाउन सबैलाई दृढ इच्छाशक्ति मिल्ने बिश्वास लिँदै रक्षाबन्धन तथा गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्दछु ।’’

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...