पाकिस्तानमा झुण्डिएको अवस्थामा भेटिएका पाँच जना ‘अफगानी’ भएको पुष्टि

Published on

काठमाडौं । पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ । यद्यपी अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी नलिएको पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले जनाएको छ । मृत्यु हुनेमा अफगानिस्तानको लस्करगाह निवासी रोजी खान, रहमत उल्लाह, सामी उल्लाह, आगा वली र सरदार वली रहेका छन् । शाह फहद बिन सुल्तान अस्पतालका एक अधिकारी मोहम्मद जवादले डनसँग भन्नुभयो “मृत्यु भएका पाँचै जना अफगानी नागरिक हुन् र अफगानिस्तानको लस्करगाहका बासिन्दा हुन् । शवको पहिचान चागई जिल्लाको एक अफगान शरणार्थी शिविर गिर्दी जाङ्गलेका मोहम्मद याह्याको सहयोगमा गरिएको हो ।’’

डनका अनुसार शवलाई क्वेटा लगिएको छ । इरानस्थित प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश अल अदलका प्रमुख नेता मुराद नोटेजाईको हत्याबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका पाँच जना उनीहरू नै हुनसक्ने प्रहरीको अनुमान छ । स्रोतका अनुसार इरानको सिस्तान–बलुचिस्तान क्षेत्रमा सक्रिय उक्त लडाकू समूहले आफ्ना नेताको हत्याको बदलामा ती व्यक्तिहरूलाई अपहरण गरी मृत्युदण्ड दिएको हुन सक्छ । अधिकारीहरूले दलबन्दिनमा फेला परेका पाँच वटा शव हालैको भिडियोमा देखिएका व्यक्तिहरूको हो वा ती असम्बन्धित व्यक्तिहरू हुन् वा फरक–फरक घटनामा मारिएका व्यक्तिहरू हुन् भनेर पत्ता लगाउने काम गरिरहेका छन् । रासस\एएनआई

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...