श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

Published on

काठमाडौं । मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुर प्रहार गर्दा ३० वर्षीया श्रीतमी कविता घाइते हुनुभएको हो । अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरी सहायक निरीक्षक राजेशकुमार श्रेष्ठका अनुसार आइतबार राती १० बजे हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट कविताका दुबै हातका हत्केलामा गहिरो चोट लागेको छ । कविताका हाल विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कविताले खुकुरी रोक्ने क्रममा हातमा गहिरो चोट लागेको इन्चार्ज श्रेष्ठको भनाइ छ ।

छिमेकीहरूका अनुसार झण्डै ११ वर्ष मलेशिया बसेर ६ महिना अघि घर फर्केका तामाङ दम्पत्तिबिच यस अघि पनि सामान्य झगडा भइरहन्थ्यो । श्रीमतीलाई खुकुरी प्रहार गरी भागेका तामाङलाई राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय पठाइएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्रेष्ठले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...