रक्तदानबाट नौ सय १६ युनिट रगत सङ्कलन

Published on

काठमाडौं । नवलपुरका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा नौ सय १६ युनिट रगत सङ्कलन भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औँ वार्षिकोत्सवको अवसरमा पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले बताउनुभयो । विकूको कावासोती सेवा केन्द्र कावासोतीमा २४१, केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोटमा २१५, हर्कपूर सेवा केन्द्र र चोरमारा सेवा केन्द्रबाट एकैसाथ ३७९ युनिट र पूजा सेवा केन्द्र टाँडी चितवन ८१ जनाले रक्तदान गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले संस्थाले ट्राफिक सचेतना, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको बताउनुभयो । कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्ने र भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो । वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत सङ्कलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दैआएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ्य सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...