रक्तदानबाट नौ सय १६ युनिट रगत सङ्कलन

Published on

काठमाडौं । नवलपुरका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा नौ सय १६ युनिट रगत सङ्कलन भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औँ वार्षिकोत्सवको अवसरमा पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले बताउनुभयो । विकूको कावासोती सेवा केन्द्र कावासोतीमा २४१, केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोटमा २१५, हर्कपूर सेवा केन्द्र र चोरमारा सेवा केन्द्रबाट एकैसाथ ३७९ युनिट र पूजा सेवा केन्द्र टाँडी चितवन ८१ जनाले रक्तदान गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले संस्थाले ट्राफिक सचेतना, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको बताउनुभयो । कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्ने र भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो । वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत सङ्कलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दैआएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ्य सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...