भिरबाट लडेर एकको मृत्यु

Published on

काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उहाँ भिरको साँघुरो र चिप्लो बाटोबाट जानेबेला भिरबाट लड्नभएको थियो । भिरबाट करिब दुई सय मिटर तल खसेका उहाँको घटनास्थलमै मृत्यु भएको थियो । दह चौरबाट पानीगैरा जाने क्रममा उहाँ भिरबाट लड्नु भएको हो । मृतक ओलीका चार छोरा र दुई छोरी हुुनुहुन्छ । तीन भाइ छोरा रोजगारीको लागि भारतमा छन्, एक भाइ मलेसियामा छन् र दुई बहिनी छोरीको बिहे भइसकेको छ । उहाँ घरमा श्रीमतीको साथमा बस्दै आउनुभएको थियो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...