भिरबाट लडेर एकको मृत्यु

Published on

काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उहाँ भिरको साँघुरो र चिप्लो बाटोबाट जानेबेला भिरबाट लड्नभएको थियो । भिरबाट करिब दुई सय मिटर तल खसेका उहाँको घटनास्थलमै मृत्यु भएको थियो । दह चौरबाट पानीगैरा जाने क्रममा उहाँ भिरबाट लड्नु भएको हो । मृतक ओलीका चार छोरा र दुई छोरी हुुनुहुन्छ । तीन भाइ छोरा रोजगारीको लागि भारतमा छन्, एक भाइ मलेसियामा छन् र दुई बहिनी छोरीको बिहे भइसकेको छ । उहाँ घरमा श्रीमतीको साथमा बस्दै आउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...