साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित

Published on

काठमाडौं । साविक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतको जितमा मोनिरुल मोल्लले ३७औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । उहाँले कर्नरबाट प्राप्त बलमा हेड गोल गर्नुभएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले समूहको अर्को खेल माल्दिभ्ससँग खेल्नेछ । भारत अघिल्ला तीन संस्करणको विजेता हो । च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...