राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्य : गृहमन्त्री लेखक

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस(नेकपा एमाले गठबन्धनको सरकार बनेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत् साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले विगत डेढ वर्षको अवधिमा सत्ता समीकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताउनुभयो । उहाँले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठुला पार्टीको गठबन्धनमा सरकार बनेको बताउनुभयो। उहाँले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पार्नुभयो । त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको बताउनुभयो । गृहमन्त्री लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीले मुलुकमा राजनीतिक स्थिरता दिन सकेनौँ । सरकारको स्थिरता दिन सकिएन । प्रत्येक २(३ महिनामा प्रधानमन्त्रीको विश्वासका माथि प्रश्न उठ्ने । प्रधानमन्त्रीले ३(३ महिनामा संसदमा गएर विश्वासको मत प्रदर्शन गर्नुपर्ने । विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नयाँ–नयाँ राजनीतिक समीकरणहरू बन्ने । एउटा समीकरण बन्ने । अर्को समीकरण भत्किने । एवम् रितले राजनीतिक रूपले स्थिरता दिन नसकेको स्थिति हामीले व्यहोर्‍यौँ । पछिल्लो साढे एक वर्षको समयमा । सरकारको अस्थिरताको कारणले त्यसको प्रभाव सबै ठाउँमा पर्न थाल्यो । विकासको क्षेत्रमा पुँजीगत खर्च घटेर गयो। आर्थिक क्षेत्रमा आर्थिक गतिविधिमा शिथिलता आयो । सुशासनको क्षेत्रमा मुलुकमा ठिक ढङ्गले सुशासन दिन सकिएन ।ू

उहाँले मुलुकलाई विधिको शासनमा ठिक ढङ्गले अगाडी बढाउने कुरामा केही समस्याहरू देखापरेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याले मुलुकमा निराशाको अभिव्यक्ति देखापरेको, मुलुक निराशातर्फ जान लागेको अवस्था सिर्जना भएको तथा त्यो निराशालाई आशामा बदल्नका लागि राजनीतिक स्थिरताका साथ शिथिल भएको अर्थतन्त्रलाई गतिशील, चलायमान, क्रियाशील गर्नका लागि, विकास निर्माणका कामहरूलाई द्रुततापूर्वक अगाडी बढाउनका लागि, भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन स्थापित गर्नका लागि, मुलुकमा शान्ति कायम गर्नका लागि, विधिको शासन स्थापित गर्नका लागि र समग्रमा मुलुकमा विदेशी, देशी सबै खालका लगानीहरूको अनुकूल वातावरण निर्माण गरेर मर्यादित र बढी रोजगारीको सिर्जना गर्ने समेतका उद्देश्यले यो सरकार बनेको जिकिर गर्नुभयो ।

संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौँ । तर संविधानको संशोधन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि थप राम्रो बनाउनका लागि हो । पछाडि फर्किनका लागि होइन, उहाँले भन्नुभयो । उहाँले देशमा प्रशस्त सम्भावनाहरू छन् भन्ने सन्देश दिनेगरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले आगामी भाद्र ६ गते सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट पारित हुने जानकारी दिँदै शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्न सरकार अग्रसर रहेको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...