मगर भाषा र संस्कृति अध्ययन गर्दै मिस मगर

Published on

काठमाडौं । मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृतिसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।

ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनका लागि स्याङ्जाको चित्रेमा अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिनुभयो । नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पुर्‍याउने उद्देश्यले चित्रे गाउँलाई रोजेको बताउनुभयो । एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो । मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । गोरखापत्र

ताजा समाचार

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको...

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

काठमाडौं । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका...

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डौं , भदौं २६ गते । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने...

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको...