बालन नाच ब्युँझाउँदै युवा

Published on

काठमाडौं । बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

ब्राह्मण, क्षेत्रीबाहेक अन्य समुदायमा कम प्रचलित बालन नाच देवीदेवताको १० अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णन बालनमा गरिन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन नाच नेपाली समाजमा विशेष आकर्षणका रूपमा रहदै आएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णजी प्रभुका अनुसार बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का १० अवतारलाई लिइन्छ । बालन नाच विशेष गरी गण्डकी सभ्यताको विकास सँगसँगै भगवान्का बाललीलाको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने बालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्त लागिपरेका हुन् ।

बालन टोलीमा बालन गाउने र नाच्ने समूह बनाइन्छ । बालनको पहिलो चरणमा भगवान्को आरतीबाट सुरु गराएर देवीदेवता जगाउने गरिन्छ । बालन गायन र नृत्यसँगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवान्का अवतारको अभिनय गरिने चैतन्य कृष्णको भनाइ छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ । लामो गायन तथा नाच देखाउनका लागि धेरै झन्झटिलो हुने हुँदा अहिलेका पुस्तामा खासै आकर्षण बन्न सकेको छैन । त्यसैले लोप हुन लागेको बालन नाचको संरक्षणका लागि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले युवालाई सक्रिय बनाएको हो । बालनमा रामचरित्र, कृष्णचरित्र, १० अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालनले फूल अक्षता चढाएर आशीष दिँदै बालन टुङ्ग्याइन्छ । लयबद्ध गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ । नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष बालनको संरक्षणका लागि तीन तहकै सरकारदेखि सरोकारवाला निकायले महत्व दिनुपर्ने चैतन्य कृष्ण बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...