साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा

Published on

काठमाडौं । नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हरायो । बङ्गलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गर्नुभयो । यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । बङ्गलादेशको जितसँगै आयोजक नेपाल र बङ्गलादेश एक खेल अगावै अन्तिम चारमा पुगेका हुन् । दुई खेल हारेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेता टोलीको निर्क्योल गर्नेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...