ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब विजयी

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।

सलहेस युवा क्लबको जितका लागि खेलको ४१औँ मिनेटमा जय गुरुङले गोल गर्न सफल हुनुभएको थियो । गुरुङले गरेको उक्त गोल नै जितका लागि निर्णायक बन्यो । निर्धारित समयावधिभर दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल प्रदर्शन भए पनि पाँचथर भने गोल गर्नमा चुक्न पुग्यो । पाँचथरले हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको छ । यता मङ्गलबारको खेलमा सिराहाको तर्फबाट गोलकर्ता बनेका गुरुङले सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । बुधबारको खेल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा यूथ क्लब मोरङबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङले जितेको छ । पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ को गोलअन्तरले पराजित गर्दै सङ्घर्ष विजयी बनेको हो । यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...