खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

Published on

काठमाडौं । झापामा मङ्गलबार साँझ घरेलु धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ७ शिवालय टोलमा ४६ वर्षीय ओमप्रसाद अधिकारीले ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको खुकुरीले काटेर बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार साँझ साढे ६ बजे भएको घटनामा श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती रन्जनाको घटनास्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियण्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । मृतकका ११ वर्षीय छोरा र पाँच वर्षीया छोरी रहेका छन् ।

प्रहरीका अनुसार घरझगडाले उग्ररुप लिँदा घटना घटेको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चन्दले बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...