जहाज दुर्घटनामा ज्यान गुमाएकाकाे स्मृतिमा अक्षयकोष स्थापना

Published on

काठमाडौं । जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो। स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नुभएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरुको पढाईलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालगृहमा अभिभावकविहिन नानीबाबु छन् उनीहरुको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”

बालगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनुभयो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा आफूले काम गर्दै आइरहेको उहाँको भनाइ छ । २०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...