ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार : पूर्वराष्ट्रपति ओबामा

Published on

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई मङ्गलबार सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अगाडि बताउनुभयो, “कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहिनहरुको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।”

“उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ,” ओबामाले ह्यारिसलाई सङ्केत गर्दै भन्नुभयो । पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भन्नुभयो, “उहाँ (ह्यारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्याङ्कन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् । उहाँकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गर्नुभयो । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...