स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुन्छ : सभापति लामिछाने

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताउनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताउनुभएको हो। उहाँले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिनुभयो। पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निष्कर्षमा पुग्ने उहाँको भनाइ छ। देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वान समेत गरिसकेको अवस्था छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...