समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग : अर्थमन्त्री

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको आर्थिक विकास र समृद्धि यात्राको सार्थकताका लागि बहुराष्ट्रिय कम्पनीहरू आवश्यक रहेको र त्यसका लागि सरकारले प्रोत्साहनमूलक नीति लिइरहेको बताउनुभएको छ ।

बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा आयोजित जलविद्युत्मा लगानी सम्भावनाको खोजीसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने र जलविद्युत्को खपत पनि स्वदेशभित्र प्रवर्धन गर्नुपर्ने उल्लेख गर्नुभयो । यसकै लागि पनि बहुराष्ट्रिय कम्पनी आवश्यक रहेको उहाँको भनाइ थियो । ऊर्जा क्षेत्रमा लगानी प्रवर्धन आवश्यक रहेको भन्दै वैदेशिक लगानी भित्र्याउन सरकारले अधिकतम पहल गरिरहेको उल्लेख उहाँले गर्नुभयो । “नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठुला ठुला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने छ,” मन्त्री पौडेलले भन्नुभयो । ऊर्जा उत्पादनमा समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्या एकरएक गरी समाधान गर्न बृहत् छलफलमा आउन ऊर्जा उद्यमीहरूलाई आग्रह गर्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रमा हालसम्मका उपलब्धिलाई पर्याप्त मानेर बस्न नहुने भन्दै उहाँले हिउँदमा पनि विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पु‍¥याउनुपर्नेमा जोड दिनुभयो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान० का अध्यक्ष गणेश कार्कीले नेपाली बैङ्कहरूले विदेशी लगानीका ठुला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत् आयोजनाले लगानी नपाएको दाबी गर्नुभयो । “बैङ्कहरूसँग जलविद्युत्मा गर्ने लगानीको एउटा सानो सीमा छ,” कार्कीले भन्नुभयो, “विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन्, विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैङ्कले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।”

कार्यक्रममा प्रस्तावित विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दा बढी जलविद्युत् आयोजनाले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकोमा लामो समयदेखि अनुमति नदिइएकोे, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशत भन्सारमा हुने काममा २८ प्रतिशत भन्सार पु¥याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट ५० लाख रुपियाँ भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्दै अध्यक्ष कार्कीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी० का नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिनुभयो । कार्यक्रममा डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी निर्देशक विद्यावारिधी सिग्देलले नेपाली बैङ्कहरूले बर्सेनि ४०र५० अर्ब रुपियाँ मात्रै ऊर्जामा लगानी गर्न सक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताउनुभयो ।

ताजा समाचार

खोल्सोले बगाएर बालिकाको मृत्यु

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक...

कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।...

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

काठमाडौं । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले...

मसानघाट नै अतिक्रमणमा

काठमाडौं । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै...