परराष्ट्रमन्त्री डा. राणालाई जनसम्पर्क समिति भारतको बधाई

Published on

काठमाडौं । हाल भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरूले बिहीबार बिहान परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो । सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारीहरूको टोलीले जनसम्पर्क समिति भारतका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै मन्त्री डा। राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो । सो अवसरमा मन्त्री डा। राणाले नेपाली कांग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली कांग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गर्नुभयो ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा। राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस। जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा. राणा आज अपराह्न स्वदेश फर्कँदै हुनुहुन्छ ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...