अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

Published on

काठमाडौं । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राती जनाएको छ । पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताउनुभयो ।

उहाँका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन् भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ । प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिनुभएको छ । यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनामा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...