समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताउनुभयो ।

“नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रूपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो”, राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सिटौलाले भन्नुभयो, “यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ ।” राजनीतिक दलहरूले गरेको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको चाहना पूरा गरौँ भन्नुभयो । “फेरि एकपटक मुलुकले राजनीतिक दलहरूका बिचमा वृहत् समझदारी र एकता खोजेको छ, मैले राजनीतिक दलमा जुन विश्वास देखेको थिएँ, त्यो विश्वास टुटेको छ, सिङ्गो मुलुक अविश्वासको खाडलमा छ । विश्वासको सङ्कट छ”, नेता सिटौलाले भन्नुभयो, “फेरि एकपटक सैद्धान्तिक र नीतिगत रूपले एक ठाउँमा आएर साझा दृष्टिकोणअनुसार अगाडि बढ्ने सङ्कल्प गरौँ ।”

द्वन्द्व पीडितलाई न्याय दिन हरसम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरूपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । “अब द्वन्द्वपीडितलाई न्याय पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ, न्याय दिनसक्ने गरी आयोगलाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो । बाह्रबुँदे सम्झौताबाट सुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उहाँले स्मरण गर्नुभयो । वि.सं. २००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताउनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...