चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मुलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता

Published on

काठमाडौं । सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । करिब २० वर्षअघि पौडी खेलेर ताइवान नियन्त्रित टापुमा पुगेका ६७ वर्षीय ताङ युआनजुनलाई पछि अमेरिकाले राजनीतिक शरण दिएको थियो । उहाँलाई बुधबार पक्राउ गरिएको थियो भने छिट्टै जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराइने बताइएको छ । उहाँविरूद्ध सन् २०१८ देखि सन् २०२३ सम्म संयुक्त राज्य अमेरिकामा जनवादी गणतन्त्र चीनको एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताङले ‘जनगणतन्त्र चीनको प्रमुख नागरिक गुप्तचर निकाय, राष्ट्रिय सुरक्षा मन्त्रालय (एमएसएस) को निर्देशनमा काम गरेको देखिएको छ,” अमेरिकी न्याय मन्त्रालयलले भनेको छ । ताङले एमएसएसका अधिकारीहरूलाई ‘जनगणतन्त्र चीनले सम्भावित विरोधीका रूपमा हेरेका व्यक्ति र समूह’ को बारेमा जानकारी प्रदान गर्नुभएको र यसमा ‘अमेरकास्थित प्रमुख चिनियाँ प्रजातन्त्रवादी अभियन्ता र असन्तुष्टहरू’ समावेश छन् । उहाँले आफ्नो एमएसएससँग कुराकानी गर्न प्रयोग गरिने इमेल अकाउन्टमा पहुँच नभएको दाबी गर्दै सङ्घीय अनुसन्धान विभागमा झूट बोलेको आरोप पनि लगाइएको छ ।

बिहीबार एएफपीले यस मामिलाबारे सोधेको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘उक्त विवरणबारे आफूलाई जानकारी नभएको’ बताएको छ । चीनको उत्तरपूर्वी जिलिन प्रान्तका बासिन्दा ताङलाई सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको हिंसात्मक झडपमा भाग लिएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो । आठ वर्ष जेल बसाइपछि उहाँ रिहा हुनुभएको थियो । सन् २००२ मा ताइपेइस्थित एक अधिकार समूहका अनुसार ताङ चीनमा प्रजातन्त्रको पक्षमा वकालत गर्न सक्रिय रहे र ताइवान भाग्नुअघि उनलाई अधिकारीहरूले बारम्बार हिरासतमा लिने, सोधपुछ गर्ने र उत्पीडन गर्ने गरेका थिए । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...