साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Published on

काठमाडौं । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो । हारेपनि बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल र बङ्गलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थियो । समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समिर तामाङ र निराजन धामीले गोल गर्नुभयो । बङ्गलादेशका लागि मिरजुल इस्लामले गोल फर्काउनुभयो । नेपालले १७औँ मिनेटमा समिरको गोलमार्फत अग्रता लिएको हो । दुई मिनेट लगत्यै निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ४३औँ मिनेटमा बङ्गलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा नेपाल विजयी भयो । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...