साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Published on

काठमाडौं । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो । हारेपनि बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल र बङ्गलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थियो । समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समिर तामाङ र निराजन धामीले गोल गर्नुभयो । बङ्गलादेशका लागि मिरजुल इस्लामले गोल फर्काउनुभयो । नेपालले १७औँ मिनेटमा समिरको गोलमार्फत अग्रता लिएको हो । दुई मिनेट लगत्यै निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ४३औँ मिनेटमा बङ्गलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा नेपाल विजयी भयो । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...