घरमै पुगेर सुरक्षा भत्ता नवीकरण

Published on

काठमाडौं । गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गले नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । यस वडाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु वडा कार्यालयमा पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरिएको वडा अध्यक्ष सुशील चन्दले बताउनुभयो ।

भदौ मसान्तसम्म सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरुले आफ्नो विवरणसहित सामाजिक सुरक्षाभत्ता नविकरण गरिसक्नुपर्ने भन्दै वडा अध्यक्ष चन्दले पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको सहजताका लागि वडामा बाहेक पायक पर्ने टोलका विभिन्न स्थानहरु अग्लुङ्गफेदिका लागि रघुफेदि प्रतिमाननिमा माध्यमिक विद्यालय, निपाने र घडेरीका लागि घडेरी प्राथमिक विद्यालय, ओख्लेदहका ओख्लेदह आधारभूत विद्यालयमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि वडाबाट प्रतिनिधि खटिएको बताउनुभयो ।

टोल-टोलमा नवीकरणका लागि पुगेको टोलीसम्म उपस्थित हुन नसक्ने जेष्ठ नागरिक, अशक्त र असाहयहरुको लागि घरमै पुगेर नविकरणको लागि सहजिकरण गरिने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता नवीकरणमा कोहि पनि छुट्न नहुने भन्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि धेरै कदमहरु चाल्दै आएको बताउनुभयो । वडा कार्यालयले टोल र घरमै आएर सामाजिक सुरक्षाभत्ताका लागि सहजीकरण गरिदिए पछि स्थानीयले निकै सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...