घरमै पुगेर सुरक्षा भत्ता नवीकरण

Published on

काठमाडौं । गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गले नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । यस वडाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु वडा कार्यालयमा पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरिएको वडा अध्यक्ष सुशील चन्दले बताउनुभयो ।

भदौ मसान्तसम्म सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरुले आफ्नो विवरणसहित सामाजिक सुरक्षाभत्ता नविकरण गरिसक्नुपर्ने भन्दै वडा अध्यक्ष चन्दले पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको सहजताका लागि वडामा बाहेक पायक पर्ने टोलका विभिन्न स्थानहरु अग्लुङ्गफेदिका लागि रघुफेदि प्रतिमाननिमा माध्यमिक विद्यालय, निपाने र घडेरीका लागि घडेरी प्राथमिक विद्यालय, ओख्लेदहका ओख्लेदह आधारभूत विद्यालयमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि वडाबाट प्रतिनिधि खटिएको बताउनुभयो ।

टोल-टोलमा नवीकरणका लागि पुगेको टोलीसम्म उपस्थित हुन नसक्ने जेष्ठ नागरिक, अशक्त र असाहयहरुको लागि घरमै पुगेर नविकरणको लागि सहजिकरण गरिने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता नवीकरणमा कोहि पनि छुट्न नहुने भन्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि धेरै कदमहरु चाल्दै आएको बताउनुभयो । वडा कार्यालयले टोल र घरमै आएर सामाजिक सुरक्षाभत्ताका लागि सहजीकरण गरिदिए पछि स्थानीयले निकै सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...