भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माणमा विलम्ब

Published on

काठमाडौं । जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ । रासस

ताजा समाचार

मादी नदीमा पुल निर्माण धमाधम

काठमाडौं । नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ ।...

नदीले बगाउँदा बालक बेपत्ता

काठमाडौं । तनहुँमा मादीनदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । व्यास नगरपालिका–३ देउरालीनगर,...

काठमाडौँमा आज साढे ४ घण्टा विद्युत सेवा बन्द हुने

काठमाडौं । काठमाडौँका केही स्थानमा बुधबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल...

१५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने बेलायती प्रधानमन्त्री स्टारमरको घोषणा

काठमाडौं । बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई...