निजामती सेवा संशोधन विधेयक पारित

Published on

काठमाडौं । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो ।

थारूररानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका उपस्थित प्रदेश सभा सदस्यले सदनमा विरोध जनाउनुभएको थियो । तर सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतिले विधेयक पारित भएको घोषणा गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । नेपालको संविधानमा व्यवस्था भए अनुसार थारूररानाथारू समुदायको जनसङ्ख्याका आधारमा समावेशी कोटा १८ प्रतिशत हुनुपर्ने माग गरिएको छ । विधेयकमा थारूररानाथारू समुदायको कोटा १५ प्रतिशत मात्रै राखिएको भन्दै सडक र सदनमा विरोध जनाइएको थियो । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले थारू र रानाथारू दुवै समुदायका गरेर जनसङ्ख्याको आधारमा समावेशी कोटा १७.८२ प्रतिशत हुने गरे विधेयकमा १५ प्रतिशत मात्रै राखिएकाप्रति आपत्ति रहेको जनाउनुभयो ।

गहिरो रूपमा छलफल नै नगरी हतार हतारमा विधेयक अगाडि बढाइएको उहाँको आरोप छ । विधेयकमा भएको कमी कमजोरी संशोधन गर्नुपर्ने चौधरीको जोड छ । यथास्थितिमा विधेयक पास गरिएकाले विरोध जनाएको उहाँले उल्लेख गर्नुभयो । विधेयक पास गर्नुअगाडि त्यसबारे छलफल गरिएको थियो । छलफलमा प्रदेश सभा सदस्यहरू तुल्सी देवकोटा, शिवसिंह ओली, चक्र मल्ललगायतले भाग लिनुभएको थियो । उहाँहरूले विधेयकको सवालमा उठेका आवाजलाई सम्बोधन गर्नुपर्ने भनाइ राख्नुभएको थियो । छलफलका क्रममा उठेका विषयमा जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले निजामती सेवा ऐन नहुँदा प्रदेशमा कार्यरत कर्मचारीको वृत्तिविकास सात वर्षदेखि रोकिएकाले प्रदेश सरकारले संशोधन विधेयकलाई अगाडि बढाएको बताउनुभयो । “प्रदेश कर्मचारीको वृत्तिविकास धेरै समयसम्म रोकिनु हुन्न भन्ने प्रदेश सरकारको मान्यता छ,” उहाँले थप्नुभयो, “त्यसैले यो विधेयकलाई सरकारले अगाडि बढाएको छ ।”

मुख्यमन्त्री कमलबहादुर शाहले थारू र रानाथारू समुदायको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । “तपाईंहरूको जायज माग सम्बोधन हुन्छ,” उहाँले भन्नुभयो, “समावेशिताको सवाल र तपाइँहरूको मुद्दाबाट प्रदेश सरकार टाढा छैन ।” निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट पारित भइसकेपछि थारू र रानाथारू समुदायकै सल्लाहमा समिति गठन गरी प्रतिवेदन तयार पारेर सबै विषयको टुङ्गो लगाइने मुख्यमन्त्रीको भनाइ थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...