लोकतन्त्रको लागि मधेश उर्वर भूमि : गृहमन्त्री लेखक

Published on

सिरहा, ६ भदौ : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले लोकतन्त्रको लागि मधेश उर्वर भूमि भएको बताउनुभएको छ । सिरहाको लहानमा नेपाली कांग्रेसको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री लेखकले लोकतन्त्र बहालीका लागि भएका संघर्ष र अभियानहरुमा मधेशले महत्वपूर्ण भूमिका खेलेका बताउनुभएको हो ।
“राणाशासन विरुद्धको आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन, राजाविरोधी आन्दोलन लगाएत विभिन्न आन्दोलनमा मधेश अग्रणी रह्यो । जसले देशलाई अग्रगति दियो”, नेता लेखकले भन्नुभयो,“यो देशको लोकतन्त्रीक शासन व्यवस्थासँग नेपाली कांग्रेसको जीवन छ । त्यसैले मधेशमा कांग्रेसलाई अझ मजबुद बनाउनुपर्छ ।

त्यस्तै सरकारलाई स्थिरता दिनको लागि दुई ठुला पार्टीको समिकरण बनेको भन्दे नेता लेखकले भन्नुभयो,“संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर सरकार बनेको छ । गत चुनाबमा संघ र प्रदेशमा कुनैपनि पार्टीको बहुमत नआउँदा कुनै न कुनै पार्टीसँग नमिली सरकार बन्ने स्थिति आएन । काठ्माण्डौँमा सरकार परिवर्तन हुँदा सातै प्रदेशका सरकार परिवर्तन हुँने स्थितिले सरकारको स्थिरता भएन । त्यसैले सरकारलाई स्थिरता दिन यो समिकरण बन्न पुगेको हो ।दुई ठुला दल मिल्दा पनि सरकारले जनपक्षिय काम गर्न सकेन भने जनतामा निराशा उत्पन्न हुने र व्यवस्था नै खतरामा पर्ने चुनौती रहेको भन्दै नेता लेखकले समावेशीतासहितको संघीय लोकतान्त्रीक गणतन्त्रलाई थप मजबुत बनाउँन अहिलेको समिकरण बनेको बताउनुभयो । दिगो शान्ती, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको मुख्य उद्धेश्य रहेका पनि उहाँले बताउनुभयो । लहान नगरपालिका–१४ स्थित स्व। प्रदीप गिरीको आश्रममा दोस्रो स्मृतिसभा कार्यक्रमलाई सम्बोधन पश्चात मन्त्री लेखकले लहान नगरपालिकाको सभा हलमा नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुसँग भेटघाट र अन्तक्रिया गर्नुभएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...