वर्तमान सरकारले जनतामा विश्वासको वातावरण सृजना गर्याे : गृहमन्त्री लेखक

Published on

जनकपुर , भदौ ७ गते । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताउनुभयो । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गर्नुभयो । १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताउनुभयो । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उहाको भनाई थियो ।


गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताउनुभयो । उहाले ‘केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’ अगाडी भन्नुभयो ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...